Logo
५ जेष्ठ २०८१, शनिबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम खुल्ला ब्याट मिन्टन प्रतियोगितामा कंचनपुर बिजय

कैलालीको जानकी गाउँपालिका १ दुर्गौली मा भएको प्रथम अध्यक्ष खुल्ला ब्याट्मिन्टन प्रतियोगिता मा कंचनपुरका दिल बहादुर धामी र भरत चन्द को जोडि प्रथम भएको छ । नेपालगन्ज का इर्फान अन्सारी र रियाज अन्सारी लाई पराजित गर्दै धामी र चन्द जोडि बिजय भएको हो । खुल्ला तर्फ दोस्रो मा नेपालगन्ज का अन्सारी जोडि तेस्रो मा तपेन्द्र कुवर र बिरेन्द्र बिस्टको जोडि र इन्द्र महता /दुर्गा साहुको जोडि रहेका छन ।

खुल्ला सिङगल तर्फ धनगढी का गौतम कठायत प्रथम नेपालगन्जका रियाज अन्सारी दोस्रो ,इन्द्र महता र इर्फान अन्सारी तेस्रो भएका छन । यस्तै भेट्रान तर्फ लम्कि का बखत बिस्ट र बिरेन्द्र बिस्ट को जोडि प्रथम भएको छ । टिकापुरका राज कुमार हमाल र सुरेश बम को जोडि दोस्रो भएको आयोजकले जानकारी दिएको छ । यस्तै आयोजक कृष्ण चौधरी र अमर बिस्ट को जोडि र मसुरिया का चक्र कलेल र रण चन्द को जोडि तेस्रो भएका छन ।

जानकी गाउँपालिकाको आयोजना र कुलरिया युवा क्लब को प्राबिधिक सहयोग मा भएको कार्यक्रम मा खुल्ला तर्फ प्रथम लाई ५१ हजार दोस्रो लाई २५ हजार र तेस्रो लाइ १५ हजार सहित प्रमाण पत्र बितरण गरिएको छ । खुल्ला सिङगल तर्फ प्रथम १५ हजार दोस्रो १० हजार र तेस्रो लाई ५ हजार पुरस्कार दिइएको छ । त्यस्तै भेट्रान तर्फ प्रथम १५ हजार दोस्रो १०हजार र तेस्रो लाई ५ हजार सहित प्रमाणपत्र दिइएको खेल संयोजक धनी राम चौधरीले जानकारी दिनु भयो ।

समापन कार्यक्रम मा बोल्दै जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरीले खेलकुद क्षेत्र को बिकासका लागि आफुले विशेष योजना ल्याउने बताउनु भयो ।टिकापुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष नरेश खत्रीले खेलले सबैको मन जोड्ने भएकाले यसलाइ निरंतरता दिनु पर्ने बताउनु भयो ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्