Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको नाममा उपेन्द्र यादवलाई स्वराजको आश्वासन

काठमाडौं : भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राजपासँग मिलेर अघि बढ्न सुझाव दिएकी छन् । स्वराज र यादवबीच शुक्रवार होटेल सोल्टी स्थित भेटघाट भएका हुन् । भेटघाटमा यसअघि राजपाका नेताहरुसँग गरेको कुराकानी नै दोहराएका छन् । एक अर्काको हालखबर बुझ्ने कार्य समेत भयो’ यादवले भने ‘भारतले आफ्ना पक्ष क्लियर गर्ने अभिप्रायले स्वराजको यो भ्रमण भएको बुझियो ।, उहाँको यो यात्राको मुल उद्दश्ेय वाम ठबन्धनसँगपनि प्रगाढ सम्बन्ध बनाउनेमा केन्द्रित रहेको पाइयो’ ।

यादवले भने ‘यो भ्रमणपछि भारतको स्पष्ट धारणा प्रस्ट भएको छ, नेपाल भारत दुवै पक्षका शिर्ष नेतृत्वमा राजनीतिक असम्झदारीको अन्त्य भएको छ ।’ झण्डै २४ मिनेट जती भएको ‘वन टु वन’ भेटवार्तामा स्वराजले राजपा र फोरमको गठबन्धनले अब बन्ने सरकारबाट राजनीति फाइदा लिदै अधिकारका लागि समेत कृयाशिल रहिरहनुपर्नेमा स्वराजको जोड् थियो ।

‘मिलेर जाँदा चुनावमा राम्रो परिणाम ल्याउनुभयो, अब राष्ट्रिय शत्ति बन्ने तर्फ अग्रसर हुनुस् समायलाई नियाल्दै अगाडी बढ्नुस् त्यसै गर्दा तपाईंहरुलाई राम्रो हुन्छ ।’ स्वराजको भनाई उदृत गर्दै यादवले भने ओलीजीले संशोधन समेत हामि गर्न तयार छौं भन्दै राजपा फोरम पनि सरकारमा सामेल हुनुपर्दछ भन्ने आश्य ब्यक्त गर्नुभएको रहेछ त्यो कुुरापनि उहाँ बाट नै थाह भएको छ ।’

‘ओलीजीसँग मेरो सकरात्मक कुराकानी भयो’ राजपाका शीर्ष नेताहरुसँग पनि मेरो कुरा भएको छ तपाईको पनि यसैमा साथ रहोस् यसैमा मधेशी जनताको पनि हित छ र देशको पनि’ सुष्माले भनिन, ‘प्रदेश–२ मा जस्तै केन्द्रमा पनि तपाईंहरु मिलेर जानुस् सव असम्झदारीहरु आपसेआप समाप्त हुने छ ।’ केन्द्र र प्रदेशमा नयाँ सरकार बनेपछि यी समस्या समाधानमा तुरुन्त लागिहाल्ने आश्वासन स्वराजले यादवलाई दिएकी थिइन् ।
‘संशोधनमा एमालेले सघाए राजपा फोरमले पनि एमालेलाई सघाउने भन्दै त्यसका लागि एमालेले अग्रसरता देखाउनुपर्ने कुरार गरेको यादवले बताए ।

स्वराजको भ्रमणले राजनीतिक मार्ग खोलिदिएको भन्दै यादपले भने अब अगामी दिनमा कस्तो यात्रा हुनेछ त्यो अहिले नै भन्न सकिन्न’ यादवले भने ‘सुष्माजी आएपछी हामी सरकारमा जान्छौं भन्ने छैन उहाँ आएपनि वा नआएपनि हाम्रो अडान पुरानै हो बल एमालेको कोर्टमा छ ।

फोरम नेपालले चुनावमा पाएको सफलताका लागि स्वराजले यादवलाई बधाई दिएको भारतीय विदेश मन्त्रालयलका प्रवक्ता रभिसकुमारले बताएका छन् । रभिसकुमारको ट्वीटका अनुसार उनीहरुबीच भारत र नेपालको द्विपक्षीय सम्बन्धलाई मजुबुद बनाउने एवं जनता जनताबीचको सम्पर्क बढाउन कुराकानी केन्द्रीत रहेको थियो ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्