Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिसँगको भेटपछि स्वराजलाई बालुवाटारमा लञ्चसहित स्वागत

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आफ्नै निवास बालुवाटारमा लञ्चसहित स्वागत गर्दै शुक्रबार भेट गरेका छन् ।

भारतीय विदेशमन्त्री स्वराज र देउवाबीच केहीबेरअघि भेट सुरु भएको हो । भेटमा देउवासहित अर्थ मन्त्री, वाणिज्यमन्त्री र परराष्ट्रका सचिवहरु सहभागी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि स्वराज र प्रधानमन्त्री देउवाबिच भेट भएको हो । यसअघि नेपाल भ्रमणमा रहेकी स्वराजले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेट गरेकी छन् ।

देउवाले नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको सम्मानमा शुक्रबार ‘वर्किङ लञ्च’ दिएका छन् ।दिउँसो साढे १२ बजे हुने वर्किङ लञ्चमा भारत र नेपाल तफर्बाट गरी करिब एक दर्जन नेतासहभागी हुनेछन् । यसमा भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव विजय गोखले, राजदूत मन्जिव सिंह पुरीसहितका केही नेता सामेल हुने छन् ।

नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय विजय गच्छदार र कमल थाप, मन्त्री सुनिल थाप, अर्थ राज्यमन्त्री उदय शम्शेर राणा, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, आर्थिक सल्लाहकार ज्ञानचन्द्र आर्चाय तथा परराष्ट्र सचिव शंकर वैरागी सहभागी हुनेछन् ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्