Logo
२२ बैशाख २०८१, शनिबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एयरपोर्टमा मुस्कुराउँदै उत्रिइन् भारतीय विदेशमन्त्री स्वराज

काठमाडौं : भारतीय विदेशमन्त्री शुष्मा स्वराज दुई दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुगेकी छिन् । उनी बिहिबार अपरान्ह भारतीय वायु सेवाको विशेष विमानमार्फत काठमाडौं आएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।

औपचारिक घोषणा नगरिएपनि भारतीय प्रधानमन्त्री मोदीको विशेष दूत भएर काठमाडौं आएकी विदेशमन्त्री स्वराजले राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्षकेपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताहरुसँग भेट गर्नेछिन् । नयाँ सरकार गठन हुनै लाग्दा भएको स्वराजको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्