Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्यसँग १/१ पटक तर स्वराज-ओलीवीच तीन पटक भेट हुने

काठमाडौँ : भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज दिउँसो ३ः३० बजे नेपाल आउँदैछिन् । मन्त्री स्वराज वायुसेनाको विशेष विमानमार्फत अपराह्न नेपाल आउन लागेकी हुन् । उनी नेपाली समय अनुसार अपराह्न ३ः३० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएकी हुन् ।

विमानस्थलबाट उनी सिधै होटल सोल्टी जाने र त्यही नै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । स्वराजले दुई दिने भ्रमणामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्ने्छिन् ।

उनले आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँगमात्रै तीन पटक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। पहिलो भेटवार्ता वान–टु–वान, दोस्रो पार्टीगत र तेस्रो डिनरमा हुनेछ ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्