Logo
५ जेष्ठ २०८१, शनिबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएई पुगेका नेपाली राष्ट्रिय टोलीको लगातार दोस्रो जित

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेको नेपाली राष्ट्रिय टोलीले बुधबार लगातार दोस्रो जित हासिल गरेको छ ।

यही माघ २५ देखि नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन दुईको विशेष तयारीस्वरुप अभ्यास खेल खेल्न नेपाल युएई गएको हो । टोली उतैबाट नामिबिया जानेछ ।

उपकप्तान ज्ञानेन्द्र मल्लले सतक बनाउनुका साथै लेग स्पिनर सन्दीप लामिछानेले चार विकेट लिएका छन् ।

नेपालले बुधबार पनि युएई ‘ए’ माथि १ सय ९३ रनको फराकिलो अन्तरमा जित हासिल गर्‍यो । मंगलबार पहिलो खेलमा पनि यही प्रतिद्वन्द्वीलाई नेपालले २५ रनको नतिजामा हराएको थियो ।

ज्ञानेन्द्र मल्लको १ सय ५४ रन प्रेरणामा नेपालले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनाएको थियो । ज्ञानेन्द्रले १ सय ३१ बलमा १७ चौका प्रहार गरे । नेपालका लागि ज्ञानेन्द्रका ओपनिङ पार्टनर दीलिप नाथले ७९ बलमा ६ चौका र २ छक्कासहित ६४ रनको योगदान गरे ।

यसैगरी आरिफ शेखले ३३ बलमा २ चौकासहित ४१ रन बनाए भने दीपेन्द्रसिंहले ३४ बलमा ३ चौकाका साथ ३४ रन नै जोडे । यसैगरी अनिलकुमारले १८ बलमा १४ रन बनाउँदा १ चौका प्रहार गरे ।

जवाफमा ३ सय ३४ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएको युएई ‘ए’ ४०।२ ओभरमा १ सय ४० रनमा अलआउट भयो ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्