Logo
२७ बैशाख २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५२ वर्षपछि खग्रास चन्द्रग्रहण : अमेरिका, ब्रालिज र अफ्रिकाका नागरिकले ग्रहण हेर्न नपाउने

काठमाडौं : बुधवार साँझ खग्रास चन्द्रग्रहण लाग्दैछ । बुधबार साँझ लाग्ने खग्रास चन्द्रग्रहण ७: १६ मध्य हुने र राति ८: ५७ मिनेटमा सकिने पञ्चाङ्गहरूले उल्लेख गरेका छन् । यो ग्रहन भने १५२ वर्षपछि आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १६ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

खगोलशास्त्र वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ । बुधबार लाग्ने ग्रहणले तिष्य, अश्लेषा नक्षत्र र कर्कट राशि भएका व्यक्तिहरुलाई अतिकष्ट हुने बताइएको छ ।  ५: ३२ बजे सुरु हुने यो ग्रहण काठमाडौंमा भने ५: ५५ देखि देख्न सकिने नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक जयन्त आचार्यले बताए ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

दक्षिण अमेरिकाको ब्रालिजलगायत मुलुक र अफ्रिकाका पश्चिमपट्टिका केही देशका नागरिकले भने यो ग्रहण हेर्न पाउने छैनन् । बुधबार बिहान ८ ५५ बजेसम्म खाना खाइसक्नुपर्ने पञ्चांगहरूले उल्लेख गरेका छन् ।  यो चन्द्रग्रहण जापान, कोरिया, चीन, मलेसिया, थाइल्याण्ड तथा अष्ट्रेलियाको सिड्नीबाट अन्त्यसम्म देख्न सकिनेछ ।  पौराणिक मान्यताअनुसार चन्द्रग्रहण लाग्नु तीन प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्ने पं. बालमुकुन्द देवकोटा बताउँछन् ।

चन्द्रग्रहण पृथ्वी चन्द्रमा र सूर्यको बीचमा परेको अवस्थामापृथ्वीको छाया चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो। चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ । खग्रास र खण्डग्रास गरी ग्रहण दुई प्रकारको हुन्छ। पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्