Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीद दिवसमा ओलीको सन्देश : तर सम्झेनन् मधेश/थरुवहट आन्दोलनलाई

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन् ।  शहीद दिवशका अवसरमा एक वक्तव्य जारी गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक, न्यायिक अधिकार प्राप्तिका लागि शहीदले गरेको बलिदानीको स्मरण गरेका छन् । ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने कुरा पनि व्यक्त गरेका छन् ।

सन्देशमा उनले वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताउँदै भनेका छन् ,“वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँं ।” अध्यक्ष ओलीले राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धि जस्ता जनताका चाहनालाई सम्बोधन गर्न आज एमाले र नेकपा (माओवादी केन्द्र) गठबन्धनमा आबद्ध भएको पनि बताएका छन् ।

वक्तव्यमा मात्र लोकतान्त्रिक आनदोलनका शहिद भन्दै आफ्ना विाचार संप्रेसित गरेका छन् । उक्त वक्तव्यमा मधेशी थारु आन्दोलनको कुरा गरिएको छैन ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्