Logo
२३ बैशाख २०८१, आईतबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्यसै अस्वीकार गरेका होइनन शाहरुखले ‘पद्मावत’

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ अहिले विश्वभर प्रदर्शन भइरहेको छ। फिल्ममा आफ्नी रानी पद्मावतीलाई मुस्लिम राजा अलाउद्दिन खिलजीसँग प्रेम सम्बन्ध देखाएर राजपूतहरुको इतिहास र संस्कृतिको अपमान गरेको भन्दै राजपूत करणी सेनाले लामो समयदेखि फिल्मको विरोध गरिरहेको छ। विरोधका बीच फिल्म प्रदर्शन भइरहेका बेला ‘पद्मावत’बारे नयाँ तथ्य बाहिर आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक भन्सालीले फिल्म खेल्नका लागि सुरुमा अभिनेता शाहरुख खानलाई अफर गरेका थिए। शाहिद कपुर र रणवीर सिंह सुरुको रोजाइ थिएनन् । भन्सालीले शाहरुखलाई राजा रत्नसिंह रावलको भुमिका (जुन अहिले शाहिद कपुरले खेलेका छन्)मा अफर गरेका थिए। तर, शाहरुखले फिल्ममा रानी पद्मावती र मुस्लिम राजा अलाउद्दिन खिलजीको कथा प्राथमिकतामा रहेको र आफ्नो भुमिका कमजोर हुने ठहर गर्दै अस्वीकार गरे ।

त्यसपछि भन्सालीले मुस्लिम राजा अलाउद्दिन खिलजी (अहिले रणवीर सिंह)को अभिनय गर्न आग्रह गरे। त्यो पनि उनले अस्वीकार गरे। किनकी शाहरुख यो भुमिका विवादित बन्ने कुरामा पहिलेदेखि नै सचेत थिए । खिलजीको रोलमा विवाद हुने उनले अनुमान लगाइसकेका थिए । जुन अहिले भइरहेको छ । शाहरुखले अस्वीकार गरेपनि लामो उतार चढावपछि ‘पद्मावत’ प्रदर्शनमा आएको छ । फिल्मले भारत तथा विदेशमा राम्रो व्यापार गरिरहेको छ।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्