Logo
१६ बैशाख २०८१, आईतबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतलाई शुभकामना

काठमाडौँ: भारतको ६९ औं गणतन्त्र दिवसका अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् । परराष्ट्र मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्तिका अनुसार राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षीहरु क्रमशः राष्ट्रपति रामनाथ कोभिन्द, उपराष्ट्रपति वेन्काइया नाइडु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टा छुट्टै बधाई सन्देश पठाएका हुन् ।

सन्देशमा समकक्षीको सुस्वास्थ्य र खुसीका साथै मित्रवत भारतीय जनताका लागि शान्ति, उन्नती र समवृद्धिको कामना गरिएको छ। त्यस्तै उनीहरुले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध थप मजवुत हुने विश्वास पनि व्यक्त गरेका छन् । भारतले सन् १९४९ मा संविधानसभाबाट संविधान बनेदेखिनै गणतन्त्र दिवस मनाउने गरेको छ ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्