Logo
१७ बैशाख २०८१, सोमबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबारदेखि देशभरिकै मौसम सामान्यतया सफा हुने

काठमाडौं : शुक्रबार देशभरिकै मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पहाडी क्षेत्रका एक दुई ठाउँमा आंशिक बदली हुने सम्भावना रहे पनि सामान्यतया देशभरको मौसम सफा रहने देखिएको मौसमविद सुवास रिमालले जानकारी दिए ।

तराईका क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पूर्व र पश्चिम तराईको क्षेत्रमा लागेको हुस्सु बिहान अबेर गरी हट्ने तथा मध्य तराईको हुस्सु दिउँसो तिर हट्ने सम्भावना रहेको मौसमविद रिमालले जानकारी दिए । काठमाडौंमा पनि बिहान हुस्सु लागेको भएपनि दिनभर भने मौसम सफा रहने देखिएको छ । पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्