Logo
१६ बैशाख २०८१, आईतबार
(January 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिजी फेर्न जितेन्द्र देवको निर्देशन नमान्दा पर्यटन सचिवको सरुवा

काठमाडौं : पर्यटनमन्त्री जितेन्द्र देवले तीन महिना नपुग्दै सचिवको सरुवा गरेका छन् । मन्त्रिपरिषद्को बैठकले सचिव महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । पर्यटन मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटालाई ल्याइएको छ ।कात्तिक ७ गतेको मन्त्रिपरिषद् बैठकबाट पर्यटनमा सरुवा भएका न्यौपाने मन्त्रीले दिएको दबाब नमान्दा सरुवामा परेका हुन् ।

अहिले आचारसंहिता नलागेको भन्दै मन्त्रीले लामो समय देखि न्यौपानेलाई डिजी फेर्न प्रस्ताव तयार पार्न दवाब दिदैं आएका थिए तर मन्त्रीले भने बमोजिम नगर्दा न्यौपाने सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा थन्किएका हुन् ।स्रोतका अनुसार मन्त्री देवले नागरिक उड्ययन प्राधिकरण (क्यान) मन्त्रालयका महानिर्देशक (डिजी) फेर्न चाहेका थिए । देवलाई उपप्रधानमन्त्री बिजय गच्छदारले क्यानको डिजी फेर्न दबाब दिँदै आएका थिए । आयल निगमका महाप्रबन्धक गोपाल खड्कालाई कारवाही सिफारिस गरे पछि देवकोटा आपूर्ति मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका थिए ।

स्रोतका अनुसार, गच्छदारको स्वार्थ बमोजिम काम नगर्दा क्यानका डिजी संजिव गौतम मन्त्री देवको निशानामा परेका थिए । गच्छदारले देव मार्फत निर्वाचन भन्दा अगाडि नै क्यानको डिजी फेर्न प्रयास गरेका थिए तर निर्वाचन आयोगको असहमति पछि उनीहरुको प्रयास सफल भएको थिएन ।

प्रकाशित मिति: Jan 25, 2018

प्रतिक्रिया दिनुहोस्