Logo
१ जेष्ठ २०८१, मंगलबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाचार ‘बुस्ट’ सम्बन्धी फेसबुकले ल्यायो नयाँ नियम

सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ । फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन् । ‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं । जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्– ‘यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिनेछ ।’ उनका अनुसार यसको परीक्षण पहिला अमेरिकामा हुनेछ । त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिनेछ ।

प्रकाशित समाचार जो समुदायका लागि विश्वसनीय छ । समाचार जो पाठकका लागि जानकारीमूलक होस्, स्थानीय समुदायका लागि सान्दर्भिक होस् त्यस्तालाई फेसबुकले उच्च प्राथमिकता दिने उनको भनाई छ । यसको मूल्यांकन प्रयोगकर्ताले गर्ने फेसबुकले जनाएको छ । ‘सामाजिक सञ्जालको समुदायले यो निर्धारण गर्नेछन कि कुन सामग्री विश्वसनीय छ, त्यसमा हामी सर्वेक्षण गर्नेछौं,’ फेसबुकले भनेको छ । सर्वेक्षणको नतिजा भने सार्वजनिक गरिनेछैन् । यो कदमबाट फेक न्युज र प्रपोगाण्डा फैलाउने सामग्री नियन्त्रण हुने फेसबुकको विश्वास छ ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्