Logo
१६ बैशाख २०८१, आईतबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरपोलको सक्रियातापछि विदेशबाट आयो सिलवालको प्रतिक्रिया

काठमान्डौ : नेपाल प्रहरी तिब्र खोजी गर्दै इन्टरपो समेत गुहारेपछि पुर्व डिआइजी नवराज सिलवालले सरकारवीरद्ध प्रतिकृया ब्यक्त गरेका छन् । नेपालबाट भागी अन्यत्रै रहेका भनिाएका सिलवालले बिहान ३ बजेको समयमा सामाजिक सन्जाल ट्वीटर मार्फत प्रतिकृया दिएका हुन् ।

बिहान तिन बजे टवीटर मार्फत प्रतिकृया दिइनुलाई उनी सत समुन्द्र पारीको देशमा रहेको बुझिएको छ । बिभिन्न संचारमाध्यमा यसअघि नै उनी अमेरिका पुगेका समाचार आएको थियो ।  टवीटर मार्फ उनले आफुविरुद्ध इन्टरपोलले डीफ्युजन नोटिस जारी गरेपछि पुर्व डीआइजी नवराज सिलवालले सत्ताशिन दलतर्फ लक्ष्यित गर्दै कडा प्रतिक्रिया दिएका हुन् ।

‘कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन । अझै पनि उसको निरंकुश शासन शैली कायमै छ’, म‌गलबार सिलवालले ट्वीटरमा लेखेका छन् । प्रहरी प्रमुख बन्न सिलवालले कार्य सम्पादन मुल्या‌कन फाइल कीर्ते गरी पेश गरेको आरोपमा उनीमाथी छानबिन भइरहेको छ । तर उनी पक्राउ पर्न नसकेपछि इन्टरपोललाइ डीफ्युजन नोटिस जारी गर्न आग्रह गरेको थियोे ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्