Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रु ३ लाख घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई आज बालाजुबाट पक्राउ गरेको थियो ।

बुटवलमा कार्यरत रहँदा निज खड्काले रु एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैँसँग राखी रु तीन लाख मागेको खुल्न आएको उनले बताए ।

कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्