Logo
५ जेष्ठ २०८१, शनिबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मूर्तिया महोत्सव’ मा कमल खत्रीले स्टेज तताउने, जितु नेपालले हँसाउने

काठमाडौं : सर्लाहीको मूर्तियामा हुने पहिलोपटक ‘मूर्तिया महोत्सव’ आयोजना हुँदैछ । महोत्सवमा हास्य कलाकार जितु नेपाल, गायक कमल खत्री, कर्णराज गिरी र गायिका सिम्पल खरेलले आ–आफ्नो प्रस्तुति दिने भएका छन् । मूर्तियामा रहेको प्रसिद्ध शिव मन्दिरको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको हो ।

टेलिफिल्म ‘जिरे खुर्सानी’ का मुन्द्रे जितुले स्थानीयलाई महोत्सवमा आउन आग्रहसमेत गरेका छन् । उनले माघ ४ गते आफ्नो प्रस्तुति दिँदैछन् । लोकप्रिय गायक कमल खत्री र कर्णराज गिरी सर्लाही बरहथवाकै हुन् । दुवैले आफ्नो जन्मथलोमा आयोजित कार्यक्रमलाई रमाइलो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनलाई युगन गायनमा सिम्पल खरेलले साथ दिनेछिन् ।

मुर्तिया महोत्सबका कार्यक्रमहरु : 
माघ ३ – उत्घाटन समारोह , जातिय पहिचान झल्कने बिभिन्न झाकी प्रदर्शन
माघ ४ – नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको सास्कृतिक प्रस्तुती
माघ ५ – प्रदेश स्तरिय “मिथिला नृत्य प्रतियोगिता “को पहिलो चरणका प्रस्तुतीहरु
माघ ६ – प्रदेश स्तरिय “मिथिला नृत्य प्रतियोगिता “को फाइनल चरणका प्रस्तुती साथै जनकपुर अञ्चल स्तरिय” ब्याडमिन्टन प्रतियोगिता” को पहिलो चरणका प्रतिस्पर्धाहरु
माघ ७ -जनकपुर अञ्चल स्तरिय ” ब्याडमिन्टन प्रतियोगिता” को दोस्रो चरणका प्रतिस्पर्धा एबम रात्रीकालिन नृत्य कार्यक्रम
माघ ८ – बोल बम बिशेष तथा बिबिध मनोरनात्मक कार्यक्रम
माघ ९ – भाले झिक , घैला फोर जस्ता रमाइला कार्यक्रम तथा सम्मन एबम समापन समारोह

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्