Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा तिवारीका हत्यारा कतारबाट गिरफ्तार

काठमाडौं : जिल्ला स्थित एमाले यूवा नेता दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली पक्राउ परेका छन् । सिंजाली कतारबाट पक्राउ परेका हुन् । सिंजाली कतारमा रहँदै आएको सूचनाका आधारमा प्रहरीले उनलाई खोजी रहेको थियो । पोहोर साल पुस ४ गते तिवारीको हत्या भएको थियो । उनको हत्यामा मनोज पुन समूहको हात रहेको बताइँदे छ । घटनामा संलग्न सिंजाली फरार थिए ।

मनोज पुन समुहले वुटवल आसपासका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न हत्या लगायतका अवैध र आपराधिक क्रियाकलाप गर्दै आएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखा र इन्टरपोल कतारको समन्वयका आधारमा सिंजाली पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । सिंजालीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइने प्रहरी मुख्यालयबाट प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्