Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वयम्भूनाथको भजनघरमा आगलागी, नियन्त्रणमा लिन सुरक्षाकर्मी तैनाथ

काठमाडौँ : स्वयम्भूनाथको भजनघरमा शनिबार साँझ पाैने आठ बजे आगलागी भएको छ । आगो के कारणले लागेको थियो भन्ने खुल्न सकेको छैन । आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

काठमाडौँ प्रहरीका एसपी रामदत्त जोशीका अनुसार स्वयम्भूनाथमा माथि दमकल लैजान नसकिने भएकाले २ सय मिटरजति पाइप जोडेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागीबाट धनमालको ठूलो क्षति भए पनि कुनै मानवीय क्षति भने भएको छैन । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको उनले जानकारी दिए ।

 

 

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्