Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषदको बैठक पछि गिरीराजमणि पोखरेलले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

काठमाडौँ : बिहिवार नै सरकारबाट बाहिरिने निर्णय गरेअनुसार माओवादी केन्द्रका तर्फबाट सरकारमा सामेल भएका सबै मन्त्रीहरुले शुक्रबार राजीनामा गरेका छन् ।

मन्त्रिपरिषदको बैठक पछि पूर्व स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले पार्टीको पत्रसहित सबै मन्त्रीहरुको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् । आसन्न निर्वाचनबाट सरकार पछि हट्नसक्ने आरोप लगाउँदै बिना विभागीय बनाइएपनि माओवादीका मन्त्रीहरुले राजिनामा गरेका थिएनन् । बिना विभागीय मन्त्री बनाइएको ६८ दिन पछि उनीहरुले आफ्नो राजिनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

सरकारमा माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा सहभागी थिए ।

एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धनको घोषणा गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिने भएपछि सरकारमा माओवादीका तर्फबाट सामेल भएका सबै मन्त्रीहरुको पद खोस्दै प्रधानमन्त्री देउवाले उनीहरुलाई बिना विभागीय मन्त्री बनाएका थिए ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्