Logo
१० असार २०८२, मंगलबार
(January 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृगौला पिडितका सहयोगार्थ हङकङमा ‘मिस्टर झोले’ को प्रिमियर

चलचित्र ‘मिस्टर झोले’ यहि आईतबार (जनवरी १४) हङकङमा प्रिमियर हुने भएको छ । मृगौला पिडित दीलुमाया गुरुङको सहयोगार्थ प्रिमिएर गर्न लागिएको हो । निर्देशक रामबाबू गुरुङका अनुसार सो प्रिमिएरमा उनीसहित कलाकार दयाहाङ राई र दीया पुन सहभागी हुनेछन् । चलचित्रमा दया र दीयासहित बुद्धि तामाङ, विजय बराल, प्रविण खतिवडा, कमलमणि नेपाल, अरुणा कार्कीसहितको अभिनय रहेको छ ।

‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् । ‘अडीटोरियम युएन लंग’ थिएटरमा बेलुका ८ बजे हुने शो को लागि पुरानो नाँचघर अगाडीबाट स–शुल्क बसको पनि व्यवस्था गरिएको छ ।कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वरको नृत्य निर्देशन रहेको चलचित्र मिष्टर झोलेलाई टेकेन खड्का र रौनक विक्रम कँडेलले मिलेर बनाएका हुन् ।

प्रकाशित मिति: Jan 11, 2018

प्रतिक्रिया दिनुहोस्