Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश आन्दोलन छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाण्डौ : तराई-मधेशका अगुवाहरुले शनिबार काठमाडौंं स्थित बिरोध प्रदर्शन गर्दै मधेस आन्दोलनको छानबिन गर्ने आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

माइतीघर मण्डलामा एक दबाबमुलक प्रदर्शनको आयोजना गरी तराई मधेश राष्ट्रिय परिषद (TMNC) ले तराई मधेशको आन्दोलनमा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।

गत मंसिर ।२८ गते सर्वोच्च अदालतको पुर्व न्यायाधीश गिरीश चन्द्र लाल अध्यक्ष रहेको “तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको  छानबीन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो ।

उक्त प्रतिवेदनले के कस्तो तथ्यहरु पता लगाएको र सो को कार्यान्वयण गर्नका लागि के के सिफारिस गरेको छ भन्ने जानकारी पाउनु पीडितलगायत सम्पूर्ण नागरीकको अधिकार हो भन्दै शनिबार मधेसीहरुले प्रदर्सन गरेका हुन ।

संविधान निर्माणका बेला संविधानसंग सम्बन्धित प्रक्रिया तथा बिषयवस्तु र संविधान जारी भइसकेको अवस्थामा समेत संशोधनको माग गर्दै मधेसी, जनजाती, थारु तथा अन्य सिमान्तकृत समुदायहरुले निरन्तर आन्दोलन गर्दै आईरहेका थिए ।

सोही क्रममा धेरैजसो आन्दोलनमा सहभागी नभएपनि राज्य पक्षबाट उनीहरुको घर र बजारमा अन्धाधुन्ध गोली प्रहार गरी अध्यधिक बलको प्रयोगबाट ५० भन्दा बढी व्यक्तिहरुले आफ्नो ज्यान गुमाएका थिए । सो घटनाको छानबीनका लागि नेपाल सरकारले सर्वोच्च अदालतका पुर्व न्यायाधीश लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।

शनिबार करीब २०० जनाको सहभागिता रहेको सो प्रदर्शनमा अधिकारकर्मी डा. सुन्दरमणि दिक्षित, अधिवक्ताहरु दिपेन्द्र झा, सुरेन्द्र महतो र सुनिलरंजन शिंह लगायत एवं आयोजक संस्थाको तर्फबाट काशिन्द्र यादव, आनन्द गुप्ता र सरोज रायलगायतकाले आफ्नो मनतव्य राखेका थिए । वक्ताहरुले सो प्रतिवेदन सार्वजनिक नहुन्जेल बिभिन्न दबाबमूलक कार्यक्रमहरु गरिरहने वताएका थिए ।

 

प्रकाशित मिति: Jan 6, 2018

प्रतिक्रिया दिनुहोस्