Logo
२३ बैशाख २०८१, आईतबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाले निर्वाचन आयोगलाई बुझायो पुरानै नामावली

काठमाडौ : राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभा समानुपातिक सदस्यको पुरानै नामावली निर्वाचन आयोगलाई बुझाएको छ । तर आयोगले भने उक्त नामावली सुचि बुझ्न मानेनन् । आयोगले उक्त सुचि नबुझेपनि राजपा नेताहरुले उक्त सुचि त्यही छाडेर आएकाछन् ।

क्रमसँख्या तथा समावेशी समूह नमिलेको भन्दै सच्याउनका लागि आयोगले राजपा नेपाललाई पत्र पठाएको थियो । तर, राजपा नेपालले नामावलीमा कुनै संशोधन नै नगरिकन जस्ताको त्यस्तै नाम बुझाएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरका नेतृत्वमा गएका नेताहको टोलीले बुझाएको नामावली आयोगले बुझ्न मानेनन् । आयोगले बुझ्न नमानेपछि सो नामावली त्यतिकै छाडेर हिडेको आयोग स्रोतले जनाएको छ ।

यद्यपी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरु आयोगको नियमावली अनुसार नै नामावली बुझाएको र त्यसलाई के गर्ने त्यसको जिम्मेवारी आयोगलाई रहेको प्रतिकृया दिए । क्रमसँख्या र समावेशी समुहको आधारमा नै नामावली बुझाएको अध्यक्ष यादवले दावी गरे ।

राजपा नेपालले बुझाएको नामावलीलाई के गर्ने त्यसको बारेमा आयोगले भोलि शुक्रबार कुनै निर्णय लिने स्रोतले जनाएको छ । नियमाअनुसार यदि आयोगले भनेको अनुसार नामावली पठाएन भने समानुपातिक नामा खाली जान सक्ने प्रावधान रहेको छ ।

 

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्