Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश दौडाहामा रहेका पूर्वराजाले भने-‘देशको अवस्था ठीकै छ’

धनगढी : पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्था ठिकै भएको प्रतिक्रिया दिएका छन् । बुधबार धनगढीमा शिवपुरी धामको दर्शन र पूजाआजा सकेपछि संवाददाताहरुसँग संक्षिप्त कुरा गर्दै शाहले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार बिहान मोटर चढेर आएका पूर्वराजा ज्ञानेन्द्रले करिव ४५ मिनेट शिवपुरी धाममा पुजाआजा गरेका हुन् । पूर्वराजाको स्वागतका लागि गाउँगाउँबाट ठूलो संख्यामा समर्थकहरु आएका थिए ।

‘देशको अहिलेको अवस्थाप्रति तपाईको भनाइ के छ ?’ संवाददाताहरुको प्रश्नमा उनले मुस्काउँदै ‘देशको अवस्था ठिकै छ, म यो बारेमा अहिले केहि भन्न चाहन्न’ भने । पूर्वराजाले शिवपुरी धाममा निर्माण भएका धार्मिक संरचना आफूलाई मन परेको भन्दै प्रशंसा गरे । उनले आफूलाई शिवपुरी धार्मिक क्षेत्रमा बोलाएर पूजाआजाको अवसर प्रदान गरेकोमा व्यवस्थापकहरुलाई धन्यवाद दिए ।

पूर्वराजाले सडकमा लामबद्ध भएका समर्थकहरुबाट पुष्पगुच्छा ग्रहण गर्दा भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो । राजावादीहरुले राजा आउ देश बचाऊ, अबको आस्था राजसंस्था लगायतका नारा घन्काएका थिए ।उत्तरबेहडीको शिवपुरी धाममा पूजा सकेर पूर्वराजाले धनगढीको जलशा होटलमा दिवा खाना खाएका थिए ।

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्