Logo
५ जेष्ठ २०८१, शनिबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस र कार एक आपसमा ठोक्किएर पैदलयात्रीको मृत्यु

तनहुँ : दमौलीको ट्राफिक चोक नजिक बस र कार एक आपसमा ठोक्किएर पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ९ च ४४४३ नम्बरको कार र विपरित दिशामा गुडिरहेको ना ६ ख ७२११ नम्वरको बस एक आपसमा ठोकिदाँ सो दुर्घटना भएको हो । घटनामा सख्त घाइते भएकी पैदलयात्री व्यास १३ निवासी २९ वर्षीया हरिमाया आलेको मृत्यु भएको हो । ठक्करबाट सख्त घाइते भएकी आलेको पोखरास्थित मेट्रो सिटी अस्पतालमा मृत्यु भएको तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए ।

उक्त घट्नामा परि सख्त घाइते भएका कार चालक ३३ वर्षीय सुजत श्रेष्ठ फरार रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौ निवासी हुन् । त्यसैगरी घटनामा धादिङका ३३ वर्षीय श्यामप्रसाद रेग्मी र व्यास १४ बेलवासका ९ वर्षीय गुराँस आले घाइते भएका छन् । उक्त घट्नामा घाइते भएकामध्ये गुराँस आलेको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको भने अन्यको रत्नहरी व्यास सिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पोखराबाट दमौलीतर्फ आउदै गरेको बा ८७ प ९७३४ नम्बर र ग ११ प ७४७७ नम्बरको दुईवटा बाईकलाई दमौलीबाट पोखरा तर्फ जादै गरेको ईन्टियान गाडी एचआर ०८ एल ००९४ नम्बरको गाडीले तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ३ स्थित नया बजार पसलेमा ठक्कर दिदा ३ जना घाइते भएका छ्न ।

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्