Logo
२३ बैशाख २०८१, आईतबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विनोद सिंहले भने -“म राजपामै राजनीति गर्नेछु, तोडफोडमा मेरो संलग्नता छैन”

काठमाडौंं । कर्मचारी नेता बिनोदकुमार सिंहले राजपा नेपालको कार्यालयमा भएको तोडफोडमा मेरो कुनै संलग्नता नरहेको बताएका छन् ।

उनले समान्य असन्तुष्टि हुनु स्वाभाविक हो तर यस्तो घृणित कार्या आफुले नगरेको बताएका छन् । उनले आफु राजपा पार्टी मार्फत नै राजनीतिमा आएको र राजपामै रहेर राजनीति गर्ने बताएका छन् ।

उनले समाजिक संजाल फेसबुक मार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै यस्तो बताएका हुन् । पढ्नुस उनको भनाइ जस्ताको त्यस्तै :

आदरणिय न्यायप्रेमी जनसमुदाय,
म विनोद कुमार सिंह, नेपाल मधेशी निजामती कर्मचारी मञ्चको निर्वतमान अध्यक्ष । 10 वर्ष जागिर अवधि र मंच को राष्ट्रीय अध्यक्षको कार्यकाल 3 वर्ष बाकि रहदै दुबै पदबाट राजीनामा दिएर २०७४ कार्तिक ६ गते देखी सेवा निवृत भएको हु । सेवावाट निवृत भै सके पछि राष्ट्रिय जनता पार्टीको तर्फवाट आफ्नो राजनैतिक जिवन शुरु गरेको हु ।

यस सम्वन्धमा राष्ट्रिय जनता पार्टीको कार्यालयमा मिति २०७४ पौष १४ गते भएको तोडफोडको घटना संग मेरो संलग्नता रहेको भनी केही संचार माध्यमहरुले विल्कुल झुठो समाचार सम्प्रेसन गरेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको हो । जो कोहीले जुन सुकै स्वार्थको लागी भए पनि गराएको उक्त घटना खेदजनक र दुखःद भएको प्रष्ट पार्न चाहन्छु ।

पार्टी कै केहि अतिरञ्जित तत्वहरुले मेरो व्यक्तिगत चरित्र हत्या गर्न उपरोक्त अनुसारको घटना गराएको हुन सक्नेमा म पुर्ण विश्वस्त छु । पार्टीको सिधान्त र कार्य नितिलाई मैले सदैव पालना गरी रहने र आफ्नो राजनैतिक यात्रा राजपा मा नै रही रहने प्रतिवद्घता समेत जाहेर गर्न चाहन्छु । जय मधेश । 

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्