Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव दिनचर्या : वास्तु र वास्तु शास्त्रको व्यावहारिक पक्ष !

डा.उत्तम उपाध्याय न्यौपाने

वास्तु भन्ने बित्तिकै निर्माण शैलीहरुलाई बुझिन्छ । यसलाई चित्रहरुको सब्ग्रह वा भौतिक निर्माणको आकृतिको संज्ञा दिएको छ । मानवीय विकाससँगै वास्तु शास्त्रको प्रयोग भएको हो । त्रिभुजाकार धन्नाहरु भएको घरहरु बनाउने
ओडारहरुमा वास्तुको सिद्धान्त प्रयोग भएको इतिहासबाट थाहा हुन्छ । विभिन्न मठ मन्दिर, पूजास्थल, कार्यालय र घरमा वास्तुको प्रयोग गरेको हुन्छ ।

जसमा पिरामिड शैली, चैत्य शैली र शिखर शैली अपनाइएको हुन्छ । जुन वास्तु शास्त्रको उपज हो । वास्तुले विभिन्न आकार बनाउन सिकायो । विभिन्न अशुभ सब्केतलाई सुख सब्केतमा पु¥याउने प्रयास ग¥यो, जुन अस्तिक र नास्तिक दुबैको लागि प्रयोगसिद्ध भयो । २१ औं शताब्दी पनि वास्तु शास्त्रको शताब्दी हो । जसमा इन्जिनियरहरुले वास्तुको सिद्धान्तमा घरहरु प्रयोगसिद्ध बनाएका छन् त केही वास्तुको विपरीत नियममा भएकाले सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

वास्तु शास्त्रको व्यावहारिक पक्ष :
वास्तु प्रयोगशील र व्यावहारिक विज्ञान हो । जसलाई प्राकृतिक विज्ञानको एउटा अंशको रूपमा लिन सकिन्छ । मानवीय जीवन सफल बनाउन विश्वका अधिकांश व्यक्ति विकल्पको खोजी गरिरहेका छन् तर वास्तु शास्त्रको महत्व थाहा
नपाएर मानवीय जीवन असहज भएको छ । वास्तुले निर्माण शैली र अवस्थालाई जोड दिन्छ । आफूले बनाएको भवन, कार्यालय र घरगस्तीको निर्मित भौतिक पूर्वाधारले मानिसलाई असर पारेको हुन्छ । सामान्यतया उज्यालो आउने, घाम आउने र हावा चल्ने खालको भएमा मानिसलाई जीवन बिताउन सहज हुन्छ । कोठामा राखिने भान्छाको ठाउँ, शौचालयको स्थान सही हुनुपर्छ । गर्मीमा हावा चलेमा, जाडोमा घाम आउने भएमा उक्त घर उत्तम हुन्छ ।

अधिकांश इन्जिनियरले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वास्तु शास्त्रको नियमलाई लिएर भवन निर्माण गरेका हुन्छन् त्यसैले उनीहरुले बनाएको घरबाट केही राम्रो र शुभ फल दिएको उदाहरण विश्वमा धेरै छ । तर मानिसहरु नास्तिक
हुने क्रम बढ्दो छ । विश्वमा भएको सत्य तथ्य कुराहरुलाई पनि गलत प्रयोग गरि आत्मकेन्द्रीत व्यवहार गरेको घटना थुप्रै देख्न पाइन्छ । यसबाट मानिसले सोचेजति फल लिन सकेको छैन ।

उसको प्रगतिमा असर परेको छ । जसले धर्म र प्राकृतिक विज्ञानलाई विश्वास गर्छ, उसले घर निर्माण गर्दा पनि वास्तुको आधारभूत सिद्धान्तहरु पछ्याएको पाइन्छ । मानिसको उत्पत्तिसँगै उनीहरुले वास्तु शास्त्रलाई प्रयोगशील बनाएका थिए तर आधुनिक शैलीले बनाएको घर, भवन, चर्पी, पाटी, धर्मशालामा वास्तुको कुनै पनि नियमलाई अवलम्बन गरेको छैन, जसले गर्दा मानिसहरुले दुःखको बाटोमात्र निम्त्याएको छ । यसको निराकरणको लागि वास्तु शास्त्रले अचूक औषधिको रूपमा काम गर्छ । यसर्थ वास्तुको विभिन्न फल र यसलाई अपनाएमा हुने राम्रा संकेतलाई मानिसले मनन् गर्नुपर्छ । आरामदायी भवनको लागि वास्तु शास्त्र  रदान सावित हुन्छ । यो कुरा ध्रुवसत्य छ ।

वास्तुको व्यावहारिक पक्ष
वास्तु शास्त्रबाट निर्मित भौतिक निर्माणमा बस्न पाउने व्यक्तिहरु भाग्यमानी हुन्छन् । यी व्यक्तिहरुले जीवनमा कामको लागि प्रेरणा पाएका छन्, उचित समय कक्षबाट दाम्पत्य जीवन सफल भएको छ । सफा घरमा बसेर स्वस्थ जीवन बिताउन सफल भएको छ । घरमा मौसमअनुसार हावा, पानी र घामको व्यवस्था हुनाले मानवीय जीवन सहज भएको
छ । वास्तुले आकृति सजावट फैलावट र व्यावहारिक पक्षलाई जोड दिएको छ । वास्तु आफै साध्य र साधन नभएर यसको सिद्धान्त महत्वपूर्ण हुन्छन् । वास्तु अनुसार बनाएको घरको सजावटले काम आकर्षण हुने र समाजमा प्रतिष्ठा वृद्धि हुने गरेको छ ।

सफल र शक्तिशाली व्यक्तिहरुले पनि प्रत्यक्ष वा अप्रत्यक्ष वास्तुको सिद्धान्त प्रयोग गरेको उदाहरण विश्वमा थुप्रै छ । वास्तु सिद्धान्त समकालीन विश्वको चर्चाको विषय हो तर अधिकांश मानिसहरुको ध्यान गएको छैन । मानिसहरुले भौतिक निर्माण जस्तै घर निर्माण, शौचालय निर्माण, पाठशाला, कार्यालय निर्माणजस्ता क्रियाकलापमा वास्तुको सिद्धान्त प्रयोग गरेको पाइँदैन । यसबाट मानिसलाई आरामदायी जीवन बिताउन मद्दत मिल्दैन । यसको लागि वास्तु सिद्धान्तअनुसार भवन निर्माण गरेमा अवश्य नै सुख, शान्ति, सम्पन्नता र सम्वृद्धि प्राप्त हुन्छ । भवनको लागि पृथ्वी (जमीन), जल, वायु, अग्नि एवं आकाशरूपी पञ्चतत्वहरुको समन्वयबाट सुख, सम्पन्नता र मानसिक शान्ति, प्राप्ति गर्न सकिन्छ ।

वास्तु शास्त्र विपरीत घर निर्माण गरेमा विभिन्न समस्या जस्तै अप्रत्यासित खर्च बढ्ने, पारिवारिक बेमेल, बिछोड र अशान्ति हुने, सोचेको काम नहुने, सम्पत्ति हानि हुने, राज्य समाप्त हुने जस्ता अशुभ फल दिने हुन्छ । यो मानव निर्मित समस्या नभई वास्तु शास्त्र अनुसार परिवर्तन गरेमा उत्तम हुन्छ । घडेरी लिँदा जमिनको आकार चारकुने आकार उत्तम हुन्छ । मानिसहरुको सोचाइमा वास्तु नभए पनि सुख, शान्ति, सम्मृद्धि प्राप्ति हुन्छ भन्ने गलत धारणा छ ।

घर घडेरी, होटल र व्यवसाय सञ्चालन गरेर पनि सोचे जस्तो फल प्राप्ति नहुने मानवीय वेदनालाई न्यूनीकरण गर्न सकिन्छ । तसर्थ मानवीय जीवनमा वास्तुशास्त्रको सिद्धान्त लागू गरि सहज जीवन जिउन सकियोस् भन्ने धारणा वास्तु शास्त्रले अगाडि सारेको छ । वास्तुशास्त्रद्वारा प्रयोगशील सुख, शान्ति, समृद्धिपूर्ण जीवन बनाउन सकियोस् भन्ने मेरो धारणा छ ।

प्रकाशित मिति: Dec 30, 2017

प्रतिक्रिया दिनुहोस्