Logo
२२ बैशाख २०८१, शनिबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिले अविलम्ब अध्यादेश जारी गर्नुपार्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौँ :  सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोगविरुद्ध निवेदन दिएका हुन् ।

‘राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई अनिर्णयको बन्दी बनाउन पाइँदैन’ अधिवक्ता न्यौपानेले निवेदनमा भनेका छन्, । उनले अध्यादेश जारी नहुञ्जेल निर्वाचन परिणाम घोषणा रोक्न र नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया समेत रोक्न माग गरेका छन् ।

उनले एमाले, माओवादी र कांग्रेसको पार्टी कार्यालयका साथै राष्ट्रपति कार्यालय शितल निवासलाई समेत विपक्षी बनाएका छन् ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्