Logo
२२ बैशाख २०८१, शनिबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाइसेन्स नविकरणकालागि धुस लिने भट्टराई सहित २ पक्राउ

काठमाडौ : अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो ।

विदेशी सवारीचालक अनुमतिपत्र लाइसेन्सलाई नेपालीमा नविकरण गर्ने उनीहरुमाथि आयोगले सेवाग्रहीबाट ठूलो मात्रमा घुस लिएको आरोप लगाएको छ । त्यस्तै आजै आयोगको टोलीले भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत नासु राजु गौतमलाई पनि घुस रकम ६ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्