Logo
२२ बैशाख २०८१, शनिबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं गौशालास्थित एक होटलमा भारतीय नागरिकको हत्या

काठमाडौं : बुधबार मध्यराति काठमाडौंको गौशालास्थित आमदब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको छ । मदिरा सेवा गरेका उनीहरुबीच भएको विवादका क्रमबाट गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिषरका एसएसपी रविन्द्र धानुकले बताए ।

मदिरा खाएर आएका गुरुङ र होटल कर्मचारीबीच विवाद बढ्दै गएपछि कुटपिटका कारण गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । सोही होटलमा बस्दै आएका गुरुङले मदिराको तालमा होटलको रिसेप्सनिस्टसँग विवाद सुरु गरेपछि त्यसले उग्र रुप लिएको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको केएमसी अस्पतालमा मृत्यु भएको हो। घटनामा संलग्न भएको आरोपमा कर्मचारीसहित ५ जना पक्राउ परेका छन्।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्