Logo
२३ बैशाख २०८१, आईतबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक दुर्घटनामा अभिनेत्री विना थापाको मृत्यु

काठमाडाै‌ : राजधानीको बत्तीसपुतली भएको सडक दुर्घटनामा परी अभिनेत्री विना थापाको मृत्यु भएको छ । स्कुटरमा सवार उनलाई पानीट्यांकरले ठक्कर दिएको थियो । विना बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवार थिइन् । सो स्कुटरलाई बा २ ख ८९४ नम्बरको पानीट्यांकरले ठक्कर दिएको हो । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी अभिनित फिल्म पिंजडा ब्याक अगेन रिलिजको पर्खाइमा छ । काठमाडौं धापासी बस्दै आएकी विना दुर्घटनामा घाइते भएपछि तत्काल वीर अस्पताल पु¥याइएको थियो। चिकित्सकले उनलाई मृत घोषित गरे । गुल्मीको मुसिकोट गाउँपालिका—२ स्थायी घर भएकी २७ वर्षीया उनी नृत्य र अभिनयमा उत्तिकै सशक्त थिइन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा ज्यान जानेगरी भएका दुर्घटनाबाहेक दैनिक करिब १५ दुर्घटना हुनेगर्छन् । दुर्घटना हुनेमा धेरैजसो मोटरसाइकल, स्कुटी, जीप र कार रहेको महाशाखा तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्