Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमानीले गरिन नर्भिकको एमआरआई र सीटी स्क्यान सेवाको उद्घाटन

काठमाडौं : नर्भिक हस्पिटलले ल्याएको एमआरआई र सीटी स्क्यान सेवाको पूर्व युवराज्ञी हिमानी शाहले उद्घाटन गरेकी छन् । हस्पिटलले थ्री टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान मेसिन सञ्चालमा ल्याएको हो । समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्य पनि उपस्थित थिए ।

उद्घाटन समारोहलार्इ सम्बोधन गर्दै नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले आउँदो पाँच वर्षभित्र विविध सेवा विस्तार गर्ने बारे जानकारी दिएकी हुन् । नेदरल्याण्डमा बनेको एमआरआई मेसिनमा भित्र श्रव्य–दृश्य प्रणाली रहेको हुँदा बिरामीले डरको सट्टा मनोरञ्जन लिने अनि आफैले मनपरेको संगीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेको बताइएको छ ।

त्यसगैरी १२८ स्लाइसको सीटि स्क्यान उच्च गुणस्तरको रहेको छ जसले मुटु, मस्तिष्क, मांशपेशी, अस्थीपञ्चर आदि सबै प्रणालीको खराबी पत्ता लगाउन सहयोग गर्छ।

 

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्