Logo
२३ बैशाख २०८१, आईतबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा सम्बन्धी विवाद अदालतमा

काठमाडौं : अधिवक्ता यज्ञमणि न्यौपनले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बढेको राजनीतिक अन्यौल संविधानअनुसार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन् । आफ्नो रिट आजै दर्ताका लागि सर्वोच्चले आफुलाई बोलाएको न्यौपानेले बताए । धिवक्ता न्यौपानेले बुधबार बिहान राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग र प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसलाई विपक्षी बनाएर रिट पेश गरेका हुन् ।

उनले आफ्नो रिटमा राष्ट्रियसभासम्बन्धी अध्यादेश राष्ट्रपतिले पारित गर्नुपर्ने, अविलम्ब प्रदेश प्रमुखको नियुक्ति गर्नुपर्ने, अध्यदेश पारित नभई प्रतिनिधिसभासदस्य निर्वाचनको समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न नहुने, समानुपातिकको नतिजा सार्वजनिक नभई नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने गराउने कार्य गर्न नहुने भन्दै प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपतिको कार्यलयलाई प्रतिषेधको आदेश गरीपाउ भनेका छन् ।

प्रकाशित मिति: Dec 27, 2017

प्रतिक्रिया दिनुहोस्