Logo
२३ बैशाख २०८१, आईतबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक स्थानमा फोहोर फालिए प्रहरीले हिरासतमा लिने

काठमाडौं : सार्वजनिक स्थानमा फोहर फालिए अब नेपाल प्रहरीले पक्राउ गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई समात्न नेपाल प्रहरीको सहयोग मागेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई महानगरपालिकाकाको वातावारण विभागले फोहोर फाल्नेलाई प्रहरीमार्फत पक्रिएर कारवाही गर्न प्रस्ताव गरेको छ ।

विभागका प्रमुख हरिबहादुर कुँवरले प्रमुख जिल्ला अधिकारीलाई फोहोर फाल्नेलाई कानुनबमोजिम कारवाही गर्न सहयोगका लागि आग्रह गरेको बताए । फोहोरमैला व्यवस्थापन ऐनले जथाभावी फोहोरमैला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरेको छ । अब सार्वजनिक रुपमा फोहोर फाल्दै गरेकाहरुलाई ड्युटीमा रहेका प्रहरीले पनि पक्राउ गर्ने कुँवरले बताए ।

फोहोरमैला व्यवस्थापन ऐनले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । प्रहरीले पनि अनुसन्धानका लागि २४ घण्टा हिरासतमा राख्न सक्ने कुँवरले बताए । काठमाडौंमा नदीनाला, सडक, विभिन्न सार्वजनिक स्थानहरुमा फोहोर फाल्ने प्रवृत्ति बढ्दो छ । त्यसले राजधानीमा बस्ने नागरिकको सभ्यतामाथि पनि प्रश्न उठ्ने गरेको छ भने नगर क्षेत्र प्रदुषित हुँदा स्वास्थ्य समस्या पनि बढिरहेको छ ।

प्रकाशित मिति: Dec 27, 2017

प्रतिक्रिया दिनुहोस्