Logo
२२ बैशाख २०८१, शनिबार
(December 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकता र सरकार गठनबारे आज ओली-दाहाल छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता हुने भएको छ । पार्टी एकता पहिला कि सरकार गठन, सरकारको नेतृत्व आलोपालो हुने वा एकल जस्ता विषयमा दुई पार्टीका नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो । एकता संयोजन समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक छन् ।

भावी सरकार गठन र दुई पार्टीबीचको एकताबारे नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताको भेट हुन लागेको हो । यद्यपि दुई नेताको भेटघाटको स्थान र समय भने तय नभइसकेको उनीहरूका सचिवालयले जनाएका छन् । एमाले अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले दुई नेताबीच भेटघाट तय भए पनि समय र स्थान तय नभइसकेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले दुई अध्यक्षहरूको भेटपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने/नबस्ने टुंगो लाग्ने जानकारी दिए । गत असोज १७ गते घोषणा गरिएको सहमतिपत्रमा ‘समितिले पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने’ उल्लेख छ ।

प्रकाशित मिति: Dec 27, 2017

प्रतिक्रिया दिनुहोस्