Logo
२२ बैशाख २०८१, शनिबार
(December 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिलाई राजपाको जवाफ : अध्यादेशमा सहमति आवश्यक छैन

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्शद्धारा जारी राखेकी छिन् । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारेमा दलहरुबिच विवाद भएपछि राष्ट्रपतिले दलहरुसँगको परामर्शलाई तिब्रता दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले मंगलबार राष्ट्रिय जनता पार्टीका नेताहरुसँग परामर्श लिएकी छिन् । राष्ट्रपतिसँगको छलफलमा राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र रजाकिशोर यादव सहभागि थिए ।

भेटका क्रममा राष्ट्रपतिले दलीय सहमति बिना अध्यादेश जारी गर्न नसकिने अवस्था रहेको सुनाएकी थिइन् । तर राजपाका नेताहरुले भने अध्यादेशमा सहमति आवश्यक नरहेको बताएका थिए ।

राष्ट्रपतिले पाँचवटा राष्ट्रिय दलका नेताहरुसँग अध्यादेशबारे निरन्तर छलफल गर्दै आएकी छिन् ।

प्रकाशित मिति: Dec 26, 2017

प्रतिक्रिया दिनुहोस्