Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिकमा मधेसी दलितको प्रतिनिधित्व माग

काठमाडौं : बिभिन्न दलित अभियन्ताहरुले निर्वाचन आयोगलाई ज्ञापनपत्र दिदै समानुपातिक तर्फको सांसद चयन गर्दा दलित कोटाबाट मधेशी मूलका दलितलाई समेत चयन गर्नुपर्ने प्रावधान अपनाउन माग गरेका छन् । मधेशी दललित अभिन्ताहरुले दलितका नाममा मात्र पहाडी मूलका दलितले स्थान पाउदै आउको भन्दै मधेशी मुलका दलितलाई समेत समावेश गर्नुपर्ने दवाब दिएका हुन् ।

मधेशी दलित अभियन्ताहरु क्रमस : भोला कुमार पासवान, घनश्याम रजक, बच्चु सरवरिया, पच्चु माझी मुसहर,
युक्तिलाल मरिक (डोम) र रक्षाराम हरिजन लगायतले निर्वाचन आयोगलाई ज्ञापन पत्र दिदै यस्तो माग गरेका हुन् ।
यता, निर्वाचन आयोगले मधेशी दलित अभियन्ताहरुको दवाब लगतै ५ वटै राष्टिय दललाई पत्र लेख्दै मधेशी मुलका दलितलाई समेत सुचिमा नाम समावेश गर्न आग्रह गरेको छ ।

दलित अभियन्ताहरुको ज्ञापनपत्र :निर्वाचन आयोगको परिपत्र : 

प्रकाशित मिति: Dec 25, 2017

प्रतिक्रिया दिनुहोस्