Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४१ औं प्रधानमन्त्रीका लागि गृहकार्य शुरु

हेमराज पौडेल, काठमाडौ । ४१ औं प्रधानमन्त्री चयनका लागि गृहकार्य शुरु भएको छ । वाम गठवन्धनको स्पष्ट बहमुतसंगै मुलुकमा ४१ औ प्रधानमन्त्री चयनका लागि आन्तरिक गृहकार्य शुरु भएको हो । यसका निम्ति एमाले–माओवादीका शिर्ष नेता छलफलमा निरन्तर जुटिरहेका छन् । सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई दिनेगरी दलहरुबीच छलफल चलिरहेको समाचार स्रोत बताउछ ।

यसमा वाम एकीकरण पछि बन्ने पार्टीको अध्यक्ष प्रचण्ड अथवा अरु कसैलाई दिने विषयमा समेत छलफल चलेको बताइन्छ । यता, लामो राजनीतिक संक्रमण अन्त्यपछि बन्न लागेको सरकारसँग राजधानीका बासिन्दाले भने राजनीतिक स्थायीत्व र सम्वृद्धि चाहेका छन् । वशन्तपुर निवासी उज्जवल न्यौपानेले भने– राजनीति अस्थीरता अब हट्नुपर्छ, जनता धेरै दुख पाइसके, अब राजनीति निकासबाट देशलाई समृद्धीको बाटोमा धकेल्नुको विकल्प छैन् ।’

यता, सात दशकयता मुलकमा बनेका कुनै पनि सरकारले पुरा कार्यकाल अर्थात पाँच वर्ष काम गर्न पाएको देखिन्न । यसमा नागरिक चिन्ता उत्तिकै छ । त्यसैले पनि नागरिकहरु स्थीर सरकार मार्फत मुलुकले विकासको गति लिएको हेर्ने प्रतिक्षारत छन् । धेरै ठूला विकास निर्माणका आश्वासन होइन, दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पर्नेगरी विकासको अनुभूति हुनुपर्ने राजधानीका वासिन्दाको अपेक्षा छ ।

पछिल्लो पटक २०५६ सालमा नेपाली काँग्रेसलाई प्रष्ट बहुमत दिएका जनताले यस पटक वाम गठवन्धनलाई प्रत्यक्ष तर्फ दुई तिहाइ सिटमा जिताएका छन् । राणा शासन काल यताका कुनैपनि सरकारले पाँच वर्ष काम गर्न नपाएका कारण पनि विकास र सम्वृद्धि तर्फको यात्राका लागि अव मुलुककै प्राथमिकता हुनुपर्ने आम अपेक्षा देखिन्छ ।

प्रकाशित मिति: Dec 16, 2017

प्रतिक्रिया दिनुहोस्