Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् हजारभन्दा कम मतले पराजित कांग्रेसका ८ नेता

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ १ सय ६५ स्थान मध्ये अब स्याङजाका दुई क्षेत्र र सर्लाहीको क्षेत्र नम्बर ४ अनि सुनसरी क्षेत्र नम्बर ३ को मतपरिणा आउन बाँकी छ । हाल सम्म सार्वजनिक भएका अन्तिम नतिजा अनुसार एक हजारभन्दा कम मतान्तरले पराजित हुने कांग्रेस नेताहरु ८ जना नेतहरु रहेका छन् ।

प्रतिनिधिसभाको हालसम्मको नतिजामा सबैभन्दा थोरै ४७ मतान्तरले पराजित भएका उम्मेदवार समेत छन् । जनसंख्याका हिसाबले कम मतदाता भएका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङका दुई उम्मेदवारलाई पनि यहाँ समावेश गरिएको छ ।

१. हुम्लाका नेपाली कांग्रेसका उम्मेदवार मङ्गल बहादुर शाही स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामासँग ४७ मतले पराजित भएका हुन्। शाहीको ८ हजार ४ सय ९१ मत आएको छ। विजयी उम्मेदवार लामाले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।

२. मनाङका नेपाली कांग्रेसका उम्मेदवार टेक बहादुर गुरुङ एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङसँग २ सय ८८ मतले पराजित भएका हुन्। टेक बहादुरले २ हजार २१ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार पोल्देनले २ हजार ३ सय मत प्राप्त गरेका छन् ।

३. मुस्ताङका नेपाली कांग्रेसका उम्मेदवार रोमी गौचन थकाली एमाले उम्मेदवार प्रेम प्रसाद तुलाचनसँग ३ सय ६३ मतले पराजित भएका हुन्। थकालीले ३ हजार १ सय ८१ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार तुलाचनले ३ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् ।

४. काठमाडौं क्षेत्र नम्बर ८ का नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशी एमाले उम्मेदवार जीवन राम श्रेष्ठसँग ४ सय ४४ मतले पराजित भएका हुन्। जोशीले १२ हजार ९ सय ५३ मत प्राप्त गरेका छन ्। विजयी उम्मेदवार श्रेष्ठले १३ हजार ३ सय ९७ मत प्राप्त गरेका छन ।

५. कञ्चनपुर क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार रमेश लेखक एमालेका उम्मेदवार दिपकप्रकाश भट्टसंग २५८ मतले पराजित भए । भट्टले २६ हजार ३६४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लेखकले २० हजार १०६ मत प्राप्त गरेका छन्।

६. धादिङ क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार दिलमान पाख्रिन एमाले उम्मेदवार खेम प्रसाद लोहनीसँग ६ सय ४० मतले पराजित भएका हुन् । पाख्रिनले ३५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार लोहनीले ३६ हजार २ सय ५६ मत प्राप्त गरेका छन् ।

७. मोरङ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइराला एमाले उम्मेदवार लालबाबु पण्डितसँग ६ सय ७५ मतले पराजित भएका हुन् । कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरेका छन् ।

८ . कपिलवस्तु क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार दीप कुमार उपाध्याय माओवादी केन्द्रका चक्रपाणी खनालसँग ९ सय ४६ मतले पराजित भएका हुन्। उपाध्यायले २८ हजार ८ सय ५३ मत प्राप्त गरेका छन्। विजयी उम्मेदवार खनालले २९ हजार ७ सय ९९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्