Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादी निकै पछाडी

काठमाडौं : प्रत्यक्षतर्फ पहिलो भए पनि समानुपातितर्फ भने काठमाडौंमा एमाले दोस्रो स्थानमा देखिएको छ ।
समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार काठमाडौंमा नेपाली कांग्रेसले ११२२३ मत प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ८५०९ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ पनि तेस्रो स्थानमा रहेको विवेकशील साझा तेस्रो स्थानमै रहेको छ । विवेकशीलले ७७५७ मत प्राप्त गरेको छ ।
काठमाडौंमा माओवादी केन्द्र विवेकशील साझाभन्दा निकै पछि रहेको छ । उसले अहिलेसम्म २२२४ मत प्राप्त गरेको छ । त्यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले १०७७ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति: Dec 11, 2017

प्रतिक्रिया दिनुहोस्