Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका ईश्वर पोखरेल काठमाडौँ ५ बाट विजयी

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका छन्। काठमाडौं ५ बाट दुई पटक पराजित पोखरेल तेस्रो प्रयासमा विजयी भएका हुन्। ०६४ र ०७० को संविधानसभा सदस्य निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट पराजित भएका थिए।

विजयी पोखरेलले २३ हजार २९ मत पाए। निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशसरण महतले पाए १३ हजार १६९ मत प्राप्त गरे।

यो नतिजासँगै प्रतिनिधिसभा तर्फ काठमाडौँका १० वटै क्षेत्रको अन्तिम नतिजा आएको छ। प्रदेशसभाको भने मतगणना जारी छ।

प्रकाशित मिति: Dec 10, 2017

प्रतिक्रिया दिनुहोस्