Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वाभिमान र स्वतन्त्रतालाई कायम राख्न वाम गठबन्धनको आवश्यकता: खनाल

इलाम : पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललार्इ वाम गठबन्धनको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।इलाम सदरमुकाममा संचारकर्मीसँगको कुराकानीमा उनले मुलुकको स्वाभिमान र स्वतन्त्रतालाई कायम राख्न एंव सिमाना यकिन गर्न नेपाललार्इ गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।

इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता खनालले इलाम जिल्ला पर्यटकीय दृष्टिकोणले धेरै सुन्दर र हराभरा मानिन्छ, यहाँको डाँडामा सुन फल्छ, सन्दकपुर र अन्तुमा केवलकार कुदाउने लक्ष्य रहेको बताउँदै संविधान आफैँमा पूर्ण नहुने हुँदा संशोधनमार्फत यसलाई पूर्ण गर्दै लगिने कुराको जानकारी दिए ।

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्