Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बम-काण्ड र सिंघानिया हत्या आरोपी संजय साहका ६ सर्मथक पक्राउ

जनकपुरधाम : निर्वाचन आचार संहिता विपरित गतिविधि गरेको आरोपमा प्रहरीले जनकपुरबाट ६ जनालाई पक्राउ गरेको छ । निर्वाचन विथोल्ने गरी विभिन्न क्रियाकलाप गरेका कारण जनकपुरको विद्यापति चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

पक्राउ परेका व्यक्तिहरु संजय साहका समर्थक रहेको बुझिएको छ । मधेश क्रान्ति फोरमका संयोजक नविन यादवको नेतृत्वएको एक टोलीले निर्वाचन विथोल्ने गतिविधि सञ्चालन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दावी छ ।

पक्राउ पर्नेहरुमा नविन यादव, इन्द्रेश झा, पंकज साह, धिरज साह, मुन्जय राउत र उपेन्द्र मिश्र ‘लाल’ रहेका छन् ।
यता प्रहरीले निर्वाचन बिरोधि क्रियाकलाप गरिरहदा पक्राउ गरिएको भने पनि उनिहरु राजपा नेता राजेन्द्र महतोको विरुद्ध भण्डाफोर कार्यक्रम गरिरहेको बताइएको छ ।

पक्राउ परेका साह समर्थकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा अनुसन्धानका लागि आफ्नो हिरासतमा राखेको जनाएको छ । जनकपुर बम काण्डमा ५ जनाको ज्यान जानेगरी भएको विस्फोट घटनाको मुख्य आरोपीको रुपमा संजय साह कारागारमा रहेका छन् ।

यसैगरी जनकपुरकै सञ्चार उद्यमी अरुण सिघानियाको हत्या आरोपमा समेत उनलाई पूर्पक्षका लागि थुनामा राखिएको छ ।

प्रकाशित मिति: Nov 25, 2017

प्रतिक्रिया दिनुहोस्