Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी क्षेत्र न २ मा सिताराम सुरक्षित, राजिव र रामप्रसाद बिच कडा प्रतिस्पर्धा

टोमराज मेहता / सुनसरी : देशभरी बांमगठबन्धनको चर्चा चलिएतापनि सुनसरीमा भने यस्को खासै कुनै असर देखिएको छैन । आउदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसमा नेपाली कांग्रेसका उम्मेदवार सहजै जित्न सकिने देखिन्छ भने प्रदेशमा भने कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

सुनसरी २ को क र ख दुवै क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएका हुन । संघिय समाजवादी फोरम र बांमगठबन्धनबाट खासै हेविवेटी उम्मेदवार नभएका कारण पनि सोक्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सिताराम मेहताले भने सजलैसंग जित हासिल गर्नसकिने बताइन्छ । प्रदेश सभा ख मा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार रहेका पार्टी जिल्ला सभापति राजिव कोइराला र काङ्ग्रेसबाट असन्तुष्ट भई केहि दिन अगाडि मात्र एमालेमा प्रवेस गर्दे उम्मेदवार बनेका रामप्रसाद मेहताबीच कडा प्रतिस्पर्धा हुने हेखिएको हो ।

नेपाली काङ्ग्रेसका उम्मेदवारहरुले बिहिवारदेखि नै घरदैलो कार्यक्रम सुरु गरेका छन । भने उता बांमगठबन्धनका उम्मेदवारहरु पनि उतिकै सकिृय देखिरहेका छन् । काङ्ग्रेसले रामप्रसादलाई उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दे एमाले पार्टी प्रवेश गरेर उनी टिकट पाएका थिए । कोइराला र मेहताबीच यतिबेला निकै प्रतिस्पर्धा देखिएको छ ।

एक स्थानियले भने ‘जनताको नजरमा को सेवामुखि र को अवसरवादी भन्ने कुरालाई यिनिहरुले गरेका काम कर्तव्यको मुल्यांकन गर्दै सर्वसाधारणहरुले अगामि महिना हुन लागेको निर्वाचनको नतिजाले छर्लङ्ग पार्नेछन ।’

तर उम्मेदवार कोइरालाले भने आफूसंग कसैको पनि प्रतिस्पर्धा नरहेको दावी गरेका छन । ‘म भेदभाव रहित तरिकाबाट सुनसरीका जनतालाई सेवा गरेको छु । समस्यामा सहयोग गरेको छु । संगठनलाई सुधार गर्दै गाउँ देखि जिल्ला सम्म घर दैलो कार्यक्रम गरि सुदृढीकरण गर्दै अगाडी बढेको छु । बिशेश गरि मधेसी समुदायलाई सके सम्म सहयोग गरेको हुनाले मधेसी समुदायको दबाबबाट काङ्ग्रेसले मलाई उम्मेदवार बनाएको हो ।’

कोइराला भन्छन् ‘त्यसले अब जातीयत राजनीति सखाप हुँदै गएकोले सर्व साधारणहरुले जातिगत नहेरिकन योग्य ,दक्ष , इमानदार , कर्मठ र जनताका लागि काम गर्ने विश्वासिलो उम्मेदवारलाई मतदान गरि बिजयी बनाउनेछन्’

तर रामप्रसाद मेहताको भनाई भने फरक छ उनी भन्छन ‘काङ्ग्रेसको राजनीतिमा जीवन बिताइसकेकोले अवसर पाउने बेलामा आफुलाई मुल्यांकन गरिएन, त्यसैलेपनि बिद्रोह गरेर जनतामाझ प्रस्तुत भएको छु ।’ मेहता भन्छन् ‘काङ्ग्रेसले मलाई सार्है अन्याय गर्‍यो ।

अन्तिम अवस्था सम्म पर्खिदा पनि काङ्ग्रेसले टिकट नदिएपछी एमालेको टिकटमा उम्मेदवार बनेको हुँ । आफ्नो राजनीति गर्ने बढी क्षेत्र भनेको नै इनरुवाको दक्षिणी क्षेत्र हो । त्यसले पनि आफू कुनै पार्टीबाट चुनाव लडे फरक पर्नेछैन’ ।

काङ्ग्रेस बिचारधाराका व्यत्तिहरु कदापि कम्युनिस्ट बिचारमा गएका जो सुकैलाई मतदान नगर्ने सुनसरी क्षेत्र नम्बर २ का आमजनताको बुझाइ रहेको कोइरालाको दावी रहेको छ ।

तर मेहताले भने आफ्नो न्याय जनताबाट पाउने बिश्व्वासका साथ एमालेबाट प्रदेश सभा सदस्यका लागि निर्वाचनमा होमिएकोले आफ्नो जित सुनिश्चित भएको दावी गरेकाछन् ।

 

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्