Logo
७ जेष्ठ २०८१, सोमबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङ बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो (नामावलीसहित)

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले जानकारी दिए ।

मृतक ३० मध्ये सनाखत हुनेमा सप्तरी नेरेयाका २४ वर्षीय रामान्द यादव, २५ वर्षीय पार्वती यादव र तीन वर्षीय सुशन चौधरी, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ की ३५ वर्षकी सिसिपीकुमारी झा, वडा नम्बर ३ का ३८ वर्षका रञ्जितकुमार झा, वडा नम्बर १ का ३३ वर्षीय अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका–२ का ६ वर्षीय आदित्य यादव, सोही गाउँपालिका वडा नम्बर ३ की चन्द्ररेखा प्रणामी छन् ।

यस्तै, गाडी सहचालक सप्तरी देउरीमरुवाका नरेश मुखिया, राजविराज नगरपालिका–१६ का ७४ वर्षीय चन्द्रावती झा, सिरहा गोलबजार–८ का ५० वर्षीय राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको पनि सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए ।

यसैगरी, सप्तरी जिल्ला कृष्णबसरन गाउँपालिका–४ का २८ वर्षीय सुधिरा यादव, सोही स्थानका पाँच वर्षीया सदीक्षा यादव, सप्तरी बसेजका ३० वर्षीय सुरेन्द्र चौधरी, बोदेबर्सान गाउँपालिका–२ का अस्कीकुमारी यादव, राजविराज नगरपालिका–१३ का ऋषि आनन्ददेव, सिरहा नगरपालिकाका ३० वर्षीय उदय मण्डल, सप्तरी महादेवा गाउँपालिका–९ की प्रमोद इसार, राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झाको सनाखत भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर अमन ठाकुर , श्रवण कुमार ठाकुर , उद्धब ठाकुर , सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी , दुर्गा नन्द यादब, नितिदिता चौधरी , सुगम चौधरी, सन्तोश सरदार , बिहार मधुवनका मनोज ठाकुर , गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब रहेका छन् ।

ई.प्र.का.गजुरीको सवारी दुर्घटनामा सनाखत भएका मृतकहरुको बिवरण :
१.जि सिराहा गोलबजार ८ बस्ने वर्ष ५० को राज कपुर यादब
२.जि सप्तरी बोधेबर्साईन १ बस्ने वर्ष १५ को चन्द्र रेखा प्रमाणी
३.ऐ ऐ राजबिराज न पा १६ बस्ने वर्ष ७४ को चन्द्रावती झा
४.ऐ ऐ तिलाठि कोईलारी गा पा १ बस्ने वर्ष ३३ को मन्जित कुमार झा
५.ऐ देउरिया भरुवा न पा १८ बस्ने वर्ष १८ को नरेश मुखिया(सह-चालक)
६.ऐ ऐ नरैया बस्ने वर्ष ३ को शुसान्त चौधरी
७.ऐ ऐ नरैया बस्ने वर्ष २४ रामानन्द यादब
८.भारत बिहार बस्ने वर्ष २९ की ममता देबि ठाकुर
९.जि सप्तरी बोधेबर्साईन २ बस्ने वर्ष ६ को आदित्य यादब
१०.ऐ ऐ तिलाठि गा पा ३ बस्ने वर्ष ३८ को संजित कुमार झा
११.ऐ ऐ नरैया बस्ने वर्ष २६ की पार्बती चौधरी
१२.ऐ ऐ तिलाठि ३ बस्ने वर्ष ३५ की सम्मि कुमारी झा
१३.ऐ ऐ बोधेबर्साईन ३ बस्ने वर्ष १५ की चन्द्र लेखा प्रमाणी
१४. ऐ.ऐ.माहादेवा ९ बस्ने बर्ष २७ को प्रमोद ईसार
१५. ऐ.ऐ.कृष्णसरोवन ४ बस्ने बर्ष २९ को सुधिर कुमार यादब
१६ भारत बिहार मधुवनि बस्ने बर्ष १२ को मनिष ठाकुर
१७ जि सिराह नराह गा. पा.१० बस्ने बर्ष ३० को उदय मण्डल
१८ जि.सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष २५ कि आशीकि कुमारी यादव
१९ ऐ.ऐ.कृष्णसरोवन ४ बस्ने बर्ष ५ कि समिक्षा यादव
२० जि.सिराह लहान न.पा.६ बस्ने बर्ष ३७ कि प्रभा चौधरी
२१ जि.सप्तरी राजबिराज न.पा. १३ बस्ने बर्ष ३० को रिषी आनन्द देव
२२ ऐ.ऐ. १४ बस्ने बर्ष २० को आदित्य झा
२३ ऐ.ऐ.बोधेबरसाईन २ बस्ने बर्ष १३ कि समिक्षा कुमारी यादब
२४ ऐ.ऐ. सम्भुनाथ न.पा. बस्ने बर्ष ५को सुदिप चौधरी
२५ ऐ.ऐ.बोधेबरसाईन ३ बस्ने बर्ष ९ कि चित्र रेखा बरमाणी
२६ ऐ.ऐ. बोधेबरसाईन ३ बस्ने बर्ष १ कि मानवी यादव
२७ जि. सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष ३५ को सुरेन्द्र चौधरी
२८ ऐ.ऐ.३ बस्ने बर्ष ११ कि चित्र रेखा प्रमाणी
२९ ऐ.ऐ.२ बस्ने बर्ष ६ को पसुपती चौधरी
नोटः- बाँकी २ जनाको सनाखत हुन बाँकी जम्मा मृतक संख्या ३१ जना
सनाखत भएका – पुरुष-११, महिला ८-, बालक-५, बालिका-५ जम्मा -२९ जना

यो पनि : 

शोकमा सप्तरी : नेपाल बैंकमा कार्यरत संजित सहित एकै परिवारका ६ को मृत्यु

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्