Logo
७ जेष्ठ २०८१, सोमबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनक शिक्षामा प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु

  • राजेश नेपाली

जनक शिक्षा सामग्री केन्द्रले मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरेको छ । यसअघि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका पदाधिकारी साढे ५ बजेतिर जनक शिक्षा पुगेका थिए। उनीहरू आएर मतपत्रमा सबै ठिक छ भनेपछि केन्द्रले छपाइ सुरु गरेको हो ।

शुक्रबार बेलुकी ६ बजेदेखि मतपत्र छाप्न थालेको केन्द्रका प्रमुख महेशप्रसाद तिमिल्सिनाले बताए ।  यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्दा पनि प्रमुख आयुक्त यादव आफैं भक्तपुर पुगेका थिए ।

आयोगले यसअघि नै कात्तिक १० देखि प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना बनाएको थियो । यसबीच प्रदेश र प्रतिनिधि सभाका लागि अलगअलग पानामा मतपत्र छाप्नुपर्ने माग गर्दै राजपा नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश नदिएर आयोगले संविधानको मर्मअनुसार काम गर्नुपर्ने बताएको थियो । असोज १ गते सर्वोच्चले गरेको उक्त निर्णय कार्यान्वयन नभएको र यसले अदालतको मानहानी भएको भन्दै शुक्लले फेरि मुद्दा हालेपछि बुधबार सर्वोच्चले दुई अलग मतपत्र छाप्ने विषयमा भएको प्रगतिबारे तीन दिनभित्र विवरण बुझाउन आयोगलाई आदेश दिएको थियो ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्