Logo
७ जेष्ठ २०८१, सोमबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतम निवासमा एमाले-माओवादी उच्चस्तरीय एकता संयोजन समितिको शीर्ष बैठक

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु टिकट बाँडफाँटलाई अन्तिम रुप दिने गरी बैठकमा सहभागी भएका छन् । बैठक एमाले उपाध्यक्ष बामदेव गौतमको भैँसेपाटीस्थित निवासमा भइरहेको छ ।

दुवै दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय एकता संयोजन समितिको बैठक सुरु भएको हो । बैठकले टिकट बाँडफाँट सम्बन्धी कार्यलाई अन्तिम रुप दिने भएको छ ।

दुई पार्टीका नेता सम्मिलित टिक बाँडफाँट सम्बन्धी कार्यदलको बैठक सम्पन्न भएपछि शीर्ष नेता सम्मिलित बैठक सुरु भएको हो ।

एमाले श्रोतका अनुसार  एमाले बैठकले टिकट बाँडफाँट सम्बन्धमा भएको निर्णयलाई पारित गर्नेछ । शीर्ष नेता सम्मिलित बैठक समाप्तीसँगै गौतम निवासमै एमाले स्थायी समिति बैठक बस्नेछ ।

 

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्