Logo
२३ मंसिर २०८१, आईतबार
(October 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्षेत्रीले अवकाश पाएपछि मुख्य सचिवमा रेग्मी नियुक्त

मन्त्रिपरिषद बैठकले सरकारका मुख्य सचिवमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । आज बिहान बसेको बैठकले सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेको हो ।

उमेर हदका कारण मुख्यसचिव राजेन्द्र क्षेत्रीले अवकाश पाएपछि सरकारले सचिवहरुको बरियताक्रममा तेश्रो स्थानमा रहेका रेग्मीलाई नियुक्त गरेको हो ।

क्षेत्री भन्दा अगाडिका मुख्य सचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान गएपछि मुख्य सचिव पद खाली भएपछि क्षेत्रीलाई ल्याइएको थियो । ५८ बर्षे उमेर हदका कारण भोलीबाट क्षेत्री बिदा हुँदैछन् ।

प्रकाशित मिति: Oct 23, 2017

प्रतिक्रिया दिनुहोस्