Logo
४ जेष्ठ २०८१, शुक्रबार
(October 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवार विरुद्ध उजुरी र त्यसउपर छानविन हुदै

आगामी मंसिर १० गते हने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचनका लागि दलहरुले आइतबार आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् । निर्बाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुको विरोधमा उजुरी दिन सकिनेछ ।

निर्बाचन आयोगले सार्बजनिक गरेको निर्बाचन कार्यतालिका अनुरुप आज सोमबार उम्मेदवारहरुको विरोधमा उजुरी दिने दिन तोकिएको हो । उम्मेदवारी दिएकाहरु विरुद्ध कसैले उजुरी दिएको खण्डमा निर्वाचन आयोगले त्यस उपर छानविन गरी दोषी पाईए उसको गल्तीको प्रकृति हेरेर उसको उम्मेदवारी खारेज समेत गर्न सक्नेछ । त्यसैले यो प्रत्यक्ष निर्वाचन प्रणालीको लागि महत्वपूर्ण दिन मानिन्छ ।

उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध कसैले प्रमाण पुर्याएर उजुरी गरेमा छानविनपछि स्वतः उसको उम्मेदवारी रद्द हुने ब्यवस्था छ । उता, समानुपातिक निर्वाचन प्रणाली तर्फ सोमबार निर्वाचन आयोगले ६ दिनको समय दिएर असोज २९ गते दलहरुले बुझाएको समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा केही संशोधन गर्ने भए संशोधनको लागि समय दिने कार्यतालिका रहेको छ ।

सोमबारसम्म संशोधन गरी पेश गर्नै पर्ने भएकोले दलहरुले यस अघि खेस्राको रुपमा बुझाएको समानुपातिक उम्मेदवारहरुको सूचीमा धेरै हेरफेर हुने देखिएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि गत भदौं २४ गतेदेखि नै निर्वाचन कार्यतालिका सुरु भईसकेको थियो ।

प्रकाशित मिति: Oct 23, 2017

प्रतिक्रिया दिनुहोस्