Logo
६ जेष्ठ २०८१, आईतबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनियमितता हुन नदिने भन्दै सरकारले माग्यो दातासँग बाढीपीडितका लागि सहयोग

काठमाडौं :  अनियमितता हुन नदिने प्रतिबद्धता सहित सरकारले दातासँग बाढीपीडितका लागि सहयोग मागेको छ । बाढी, पहिरो र डुबानको विपत्तीको सामना गरिरहेको सरकारले दाता र सामाजिक संघ संस्थाहरुसँग सहयोग मागेको हो । सो सहयोगमा अनियमितता हुन नदिने र प्रभावित क्षेत्रमा न्यायोचित ढंगले वितरण गर्ने प्रतिबद्धता पनि सरकारले गरेको छ ।

गृहमन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर दाताहरुबाट सहयोग लिन नरोकिएको बरु सहयोग लिन चाहेको बताएको छ । ‘दाताहरुलाई सहायता दिन रोकिएको अवस्था विद्यमान छैन,’ गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बिहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सरकार दाताहरुसँगको सहयोग जनतासमक्ष पुर्‍याउन, समानुपातिक तथा न्यायोचित वितरण गर्न र कुनै पनि अनियमितता हुन नदिन प्रतिवद्ध छ ।’

बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रका व्यक्ति तथा परिवारलाई सहयोग गर्न चाहने, सेवा गर्न चाहनेहरुलाई स्थानीय सरकार, जिल्ला दैवी प्रकोप उद्धार समिति, केन्द्रीय दैवी प्रकोप उद्धार समिति र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सम्पर्क तथा समन्वय गर्न गृहले आग्रह गरेको छ ।

गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति : 

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्