Logo
२७ बैशाख २०८१, बिहीबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीवीच भेटबार्ता

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच चिनियाँ राष्ट्रपति शि जिनपङिको नेपाल भ्रमणबारे छलफल भएको छ ।

भेटवार्तामा सिको भ्रमणको अलवा दुवै देशको हितका विषयका साथै यसअघि दुइदेशबीच भएका सहमति र सम्झौता कार्यन्वयनबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीन दिने नेपाल भ्रमणमा रहेको याङ र प्रधानमन्त्रीबीच बुधबार भएको भेटवार्तामा प्रधानमन्त्रीले सिको भ्रमणबारे जिज्ञासा राख्दै नेपाल सरकार सि लाई स्वागत गर्न आतुर रहेको बताएका थिए ।

त्यस अवसरमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति सि चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय गर्ने बताएका थिए ।

 

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्